२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विमानस्थलबाट सुनसहित चार जना पक्राउ



२७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् । प्रहरीले करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो अवैध रूपमा लैजाँदा उनीहरूलाई पक्राउ गरेको हो ।

भन्सार छलेर अवैध रूपमा संकलन गरी सुन लैजान लागेको अवस्थामा पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ का २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मिया रहेका छन् । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो ।

कतार एयर उडानबाट नेपाल अवतरण गरेका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिइरहँदा प्रहरीले विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हाे । यस्तै, अरमान र मियालाई ५० ग्राम सुनको सिक्रिसहित पक्राउ गरिएको छ ।

अर्काेतर्फ, दोहाबाट कतार एयरमार्फत नै नेपाल आएका ज्याउदिनले भन्सार छलेर ल्याएको सुनको सिक्रि अरमानलाई दिँदा पक्राउ गरिएको हाे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।