१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौं मखनको स्क्वायर सहकारीका अध्यक्षसहित तीन पक्राउ, सात करोड बढी बचत हिनामिना



२७ जेठ । काठमाडौंको मखनमा रहेको स्क्वायर बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अध्यक्ष बाशुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैं पक्राउ परेको जनाएको छ।

उक्त सहकारीबाट सात करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम हिनामिना भएको आरोप छ। काठमाडौं महानगरपालिकाको सहकारी विभागको पत्रका आधारमा तीनै जनालाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए।

तीनैजनालाई सिआइबीले शनिबार काठमाडौंबाट पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनीहरूलाई गरी सहकारी ऐन, २०७४ अनुसार अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौबाट सात दिनको म्याद लिइएको सिआइबीले जनाएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।