२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ४३ जना घाइते



३० जेठ । काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गए राति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका- १० सालझन्डी बजारस्थित पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टका अनुसार बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो। दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए।

घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको छ। आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेको र बाँकी २४ जनाको उपचार जारी रहेको डिएसपी भट्टले जानकारी दिए।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।