१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको संकटा मन्दिर अगाडि एक बृद्ध मृत फेला



काठमाडौं
३० जेठ । काठमाडौंको संकटा मन्दिर अगाडि एक बृद्ध मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२२ संकटा मन्दिर परिसरभित्र रहेको राजकृति महाविहार मन्दिरको ढोका अगाडि उनी मृत फेला परेका छन् ।
मृत फेला पर्ने बृद्ध दोलखा मेलुङ गाउँपालिका–६ घर भएका ६१ वर्षीय डम्बरबहादुर नेपाली रहेको प्रहरीको भनाई छ । उनी मंगलबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : ०७ बजे