९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको असन र ठमेलमा आगलागीपछि करोडभन्दा धेरै क्षति



३० जेठ । काठमाडौंको असन र ठमेलमा भएको आगलीपछि करोडभन्दा धेरै मूल्य बराबारको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित तारकेश्वर नगरपालिका–७ बस्ने सिरहा मिर्चैया नगरपालिका–२ घर भएका ३५ वर्षीय धिरेन्द्र पण्डितको न्यू ठमेल बुक्स. स्टोरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी भएको थियो । आगलागीपछि बुक स्टोरका विभिन्न स्टेसनरीका सामानहरू पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–२७ असनस्थित संगिता खनालको पूजा तथा खाद्यान्न पसलमा गएराति आगलागी हुँदा पूजा तथा खाद्यान्न सामानहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सो आगलागी फैलदा गितम तुलाधरको घर समेत जलेर आशिंक क्षति भएको थियो ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : १९ बजे