१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु



३१ जेठ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक पुरुष घाइते भएका छन्।

बुधबार साँझ काभ्रेको चौरी देउराली नगरपालिका-८ मा बागमति प्रदेश ०२-०३० प ३२६८ नम्बरको मोटरसाइकल आफैँ दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर मोटरसाइकल चालक काभ्रेकै रोशी गाउँपालिका ९ का २५ वर्षीय सुमन कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार चौरीदेउराली-८ बिर्ता देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटोहुँदै मध्ये पहाडी लोकमार्ग निस्कदैँ गरेको मोटरसाइकल तीव्र गतिको कारण आफैँ अनियन्त्रीत भई दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकलको पछडि सवार काभ्रेकै तेमाल गाउँपालिका-५ का ४० वर्षीय सरोज लामा घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनी खतरामुक्त छन्।

साँझ सात बजेतिर मोटरसाइकल दुर्घटना भए पनि घाइतेको उद्धारमा ढिलाइ हुँदा युवकको मृत्यु भएको स्थानीयले बताएका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ५ : ०६ बजे