१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र प्रर्दशनपछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक



काठमाडौँ
३१ जेठ । चलचित्र ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत चलचित्रको प्रदर्शनपछि सार्वजनिक गरिएको छ । किनकि, यो गीतले चलचित्रको महत्त्वपूर्ण ‘सस्पेन्स’ खुलाउँछ ।

गीतमा नव–अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापा प्रेम पर्दै गरेको देखाइएको छ । जबकि, ट्रेलरमा निश्चलको प्रेम अभिनेत्री साम्राज्ञी आरएल शाहसँग देखाइएको थियो ।
यसले गर्दा नै चलचित्रको ‘सस्पेन्स’ खुल्ने डरले निर्माण टिमले यो गीत प्रदर्शन शुरु भएपछि सार्बजनिक गरिएको छ । सलिन मगरको शब्द, संगीत र स्वर रहेको गीतमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्माबीचको प्रेम पनि देख्न सकिन्छ ।

घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रले बक्स अफिसमा भने कमजोर प्रदर्शन गरिरहेको छ ।
यद्यपि, यो चलचित्रबाट डेब्यु गरेका निश्चलको अभिनयको भने प्रशंसा गरिएको छ । यस चलचित्रका निर्माता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना रहेका छन् ।

चलचित्र जेठ २५ गतेदेखि प्रर्दशन भएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ७ : ४३ बजे