काठमाडौं । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् ।
बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ । जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो । यसरी जेठ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ ।
यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.६५ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१४ प्रतिशतविन्दुले कम हो । जेठ महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.७९ प्रतिशत थियो ।
जेठ महिनाका लागि ३ वटा बैंकले मात्रै ब्याजदर बढाएका छन् भने ११ वटाले घटाएका छन् । यस्तै ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् ।
बैंकहरूले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)
बैंक | जेठ २०८१ | असार २०८१ |
कृषि विकास | ५.६६६१ | ५.६६६१ |
एभरेस्ट | ६.५ | ५.७५ |
राष्ट्रिय वाणिज्य | ६.४ | ६.२२ |
एसबीआई | ६.३९ | ६.३० |
लक्ष्मी सनराइज | ७ | ६.५ |
ग्लोबल आईएमई | ७.५ | ६.५ |
कुमारी | ७.२६ | ६.५६ |
प्राइम | ७ | ६.७५ |
नेपाल | ६.७५ | ६.७५ |
सानिमा | ६.९ | ६.८ |
सिटिजन्स बैंक | ७ | ६.९ |
नबिल बैंक | ६.७५ | ७ |
इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
सिद्धार्थ | ७ | ७ |
स्ट्यान्डर्ड चार्टर्ड | ७ | ७ |
माछापुच्छ्रे | ७.२६ | ७.५ |
प्रभु | ७.५ | ७.५ |
एनएमबी | ७.८ | ७.६९ |
एनआईसी एसिया | ७.८ | ७.६९ |
हिमालयन | ७.५ | ८.२५ |
प्रतिक्रिया