१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको गोकर्णेश्वरमा जुवा खेल्ने २२ जना पक्राउ



काठमाडौं
३२ जेठ । काठमाडौंको गोकर्णेश्वरमा जुवा खेल्ने २२ जना टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरु फेला परेका थिए ।ण्

जुवाखेल्ने क्रममा पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।