९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने



३२ जेठ । काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको हाे ।

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानमा साधारणतया बदली, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  २ : ४७ बजे