९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरले तीनकुनेको जग्गाको मुआब्जा दिने



काठमाडौँ
३२ जेठ ।  काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र महानगरको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ ।

महानगरका मेयर बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिएका हुन् । महानगर ३२ तीनकुनेमा रहेको जग्गाका लागि महानगरले आगामी बजेटमा बजेटको व्यवस्था गर्ने उनले बताए ।

त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने, खुला मञ्चलाई खुला व्यायाम र खेलकुदस्थलका रूपमा विकास गर्ने पनि महानगरले जनाएको छ । मातहतका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुलास्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने महानगरको नीति रहेको बताएका छन् ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ३ : ४० बजे