१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज



३२ जेठ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए ।

महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए ।

 

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ४ : २८ बजे