१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता सलमानको चलचित्र सिकन्दरमा हलिउडको जस्तो एक्शन



काठमाडौँ
३२ जेठ । अभिनेता सलमान खान आफ्ना फ्यानका लागि चलचित्र सिकन्दर ल्याउन लागेका छन् । यो चलचित्र अर्को वर्ष प्रर्दशन हुने भए पनि यसको निकै चर्चा भइरहेको छ ।

गजनी जस्ता ब्लकबस्टर चलचित्र बनाएका एआर मुरुगादासले यो चलचित्र निर्देशन गर्दैछन् । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।

हालै निर्माण पक्षले सामाजिक सञ्जालमार्फत चलचित्रको छायांकन जुन १८ गतेबाट सुरु हुने जानकारी दिएको थियो । मिडिया रिपोर्टका अनुसार चलचित्रको एक्सन दृश्यहरू मिशन इम्पोसिबलका स्टन्ट निर्देशकले डिजाइन गर्नेछन् ।

टम क्रुजको चर्चित जम्प सीन चलचित्र गर्ने एक्सन निर्देशकहरू पनि सलमान खानको चलचित्रसँग जोडिने बताइएको छ । यो खबर बाहिर आएसँगै फ्यानहरुको अपेक्षा निकै बढेको छ ।

यस वर्ष इदको अवसरमा सलमानले फ्यानलाई उपहार दिँदै आफ्नो चलचित्रको घोषणा गरेका थिए । अभिनेतासँग दक्षिणकै चर्चित अभिनेत्री रश्मिका मन्डन्ना पनि देखिनेछिन् । चलचित्र आगामी वर्षको इदमा ११ अप्रिलमा हलमा प्रर्दशन हुनेछ ।

सलमान सिकन्दरभन्दा पहिले टाइगर ३ मा देखिएका थिए । मनिष शर्मा निर्देशित यो चलचित्रले बक्स अफिसमा सोचे अनुसार कमाई गर्न सकेन । चलचित्रमा शाहरुख खानको पनि क्यामियो रोल थियो तर यो चलचित्रले दर्शकमा खासै जादू छाड्न सकेन ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ४ : ३५ बजे