१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’सिङ्घम अगेन’ को आगामी दीपावलीमा प्रर्दशन



काठमाडौँ
३२ जेठ । बलिउडको सुपरहिट फ्रेन्चाइजी चलचित्र सिङ्घमको तेस्रो चलचित्र ’सिङ्घम अगेन’ को प्रर्दशन आगामी दीपावलीमा हुने भएको छ ।
चलचित्रका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ’सिङ्घम अगेन’ आगामी दीपावलीमा प्रर्दशन हुने जानकारी दिएका हुन् ।

यसअघि चलचित्र १५ अगस्टमा रिलिज हुने तय भएको थियो । तर निर्माताले रिलिज मिति परिवर्तन गरेका छन् । चलचित्रको केही भागको सुटिङ बाँकी रहेको समाचारमा जनाइएको छ ।

अजय देवगनले गत बिहीबार नै यसको पुष्टि गरेका थिए । सिंघम अगेनमा रोहित शेट्टीको कप ब्रह्माण्डका तीनै नायक एकसाथ देखिनेछन् । उनको कप ब्रह्माण्डमा सिंघम, सिंघम रिटर्न्स, सूर्यवंशी र सिम्बा चलचित्रहरू सामेल छन् । यस फ्रेन्चाइजको पहिलो चलचित्र सिंघम थियो जुन २०११ मा प्रर्दशन भएको थियो । यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन् । यसको सिक्वेल चलचित्र सिंघम रिटर्न्स २०१४ मा प्रर्दशन भएको थियो ।

यस कप ब्रह्माण्डको दोस्रो फ्रेन्चाइज ’सिम्बा’ थियो, जसमा रणवीर सिंहले इन्स्पेक्टर संग्राम भालेरावको भूमिका निभाएका थिए । त्यस्तै २०२१ मा रिलिज भएको चलचित्र ‘सूर्यवंशी’ मा अक्षय कुमारले डीसीपी वीर सूर्यवंशीको भूमिका निभाएका थिए । ’सिंघम अगेन’ अघि रोहितको कप ब्रह्माण्डका तीनै अफिसर पनि ’सूर्यवंशी’ मा सँगै देखिएका थिए ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ४ : ५५ बजे