१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘दीपक मनाङ्गे’को चलचित्र ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित



काठमाडौं
१ असार । सासंद समेत रहेका राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने चलचित्र ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्रका लागि निर्माण पक्षले शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो ।

यो चलचित्रमा यस अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लाइनअप बलियो बन्दै गएको छ ।

जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन् । उनले भने, ‘फिल्म ज्वाइँ साबको सेटमै आएर स्ताक्षर गराउनु भयो, यो अवसरका लागी निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक दिलीप पन्त जी लगायत सम्पूर्ण टिम प्रति आभारी छु’

यसअघि चलचित्र ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए। हाल अष्ट्रेलीयामा चलचित्रका लागि छायांकन अवलोकन गरिरहेका निर्देशक बस्नेतले अब हप्तामा नायिका फाईनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिए। ३५ दिनको छायांकन सेड्युल तय गरिएको चलचित्रको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने बताए ।

चलचित्र ‘कङ्गारु’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ । ‘‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं । यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने।

यो चलचित्र फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड चलचित्रसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन् ।

चलचित्रको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । चलचित्रको लाइन प्रोड्यूसरमा सविन ज्ञावली (अष्ट्रेलिया) रहेका छन् । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।

चलचित्रमा सीमा गुरुङको कथा रहेका छ । चलचित्रका छायाँकार सुशन प्रजापति हुन् । चलचित्रका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

 

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ४ : १४ बजे