१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र बोक्सीको घरले मनायो ५१ दिन, निर्देशक सुलक्षण भारती भूमिकाविहीन बनाइएको भन्दै रुष्ट



ललितखबर
२ असार । चलचित्र बोक्सीको शनिबार घर ५१ दिनसम्म निरन्तर प्रर्दशन भएको छ । राजधानीको नयाँ सडकस्थित रञ्जना सिनेप्लेक्सलगायत मोसफलका केही चलहरुमा चलचित्र ५१ दिनसम्म निरन्तर प्रर्दशन भइरहेको छ ।
चलचित्र उत्कृष्ट बनेको भन्दै चौतर्फी चर्चा चलेको छ । नेपाली समाजको कथा र व्यथा स्प्रष्ट रुपमा चलचित्रको पर्दामा उतारिएको भन्दै देशभरचलचित्रको प्रशंसा भइरहेको छ ।
तर चलचित्रका निर्देशक तथा कलाकार सुलक्षण भारती भने खुशी छैनन । उनी चलचित्रकी निमात्री केकी अधिकारीले चलचित्रका कुनै कार्यक्रममा सहभागी गराएकी छैनन । चलचित्र प्रर्दशनअघि प्रसार प्रसारको क्रममा निर्देशक भारतीलाई अघि सार्दै नाटकबाट प्रधावित भएर चलचित्र निर्माण गरेको भन्दै प्रशंसा गर्ने निर्मात्री तथा अभिनेत्री अधिकारी चलचित्रको सफलताको जस आफूले मात्रै लिदै एक्लै एक्लै दौडधुपमा लागेपछि निर्देशक भारती रुष्ट बनेका हुन् ।
निर्देशक भारतीले सामाजिक सञ्जालमार्फत ५१ दिन निरन्तर प्रर्दशन भएको अवसर पारेर दर्शकहरुलाई धन्यवाद दिदै असन्तुष्टि पोखेका छन् ।
निर्देशक भारतीले चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भुमिकामा आफूले काम गरेको बताउदै चलचित्र बोक्सीको घर नितान्त आफ्नो कृति भएको दाबी गरेका छन् ।
यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनु ले के प्रश्न खडा गर्छ ?भन्दै उनले प्रश्न गरेका छन् ।
कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाँउमा लेखक र निर्देशकको उपस्थिती नहुनु र वास्ता नगरिनुले के सार्थक्ता राख्छ ? उनले प्रश्न तर्साएका छन् ।

उनले लेखेका छन्,‘काम गर्ने कालू, माम खाने आलु ?’
उनले सामाजिक सञ्जालमा चरम असन्तुष्टि पोख्दै सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको लेखेका छन्
‘जसले जे काम गरेको छ त्यसको उचित मुल्यांकन हुन पनि जरुरी छ वा छैन ?’ उनले प्रश्न गरेका छन् । लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित नहुने उनको तर्क छ ।
उनले बौद्धक चोरी भनेको के हो ? भन्दै आक्रोस समेत पोखेका छन् ।
निर्देशक भारतीले बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ? अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने ? भन्दै प्रश्न उठाएका छन् ।
दर्शक र सर्जकबिचको पुल भनेको अहिलेको समयमा सञ्चार माध्यम हो । यस बिसयमा कसले ध्यान दिने ? एउटा सर्जक र उस्को कामको मुल्याङकन के आवश्यकत्ताको बिषय होइन र ? थप प्रश्न सोधका छन् ।
निर्देशक भारतीले आफूले ६ महिनासम्म कलाकारहरुलाई प्रशिक्षण गरेको पारिश्रमिक नलिइ चलचित्र उत्कृष्ट बनाउन दुःख गरेको बताए । निर्देशक भारतीले आफूले अनुभव गरेको कुराहरु प्रश्न राखेको बताएका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ५ : ५१ बजे