१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चोरीको सामानसहित ललितपुरका युवक पक्राउ



२ असार । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् ।

उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगा स्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको डेराबाट ६ लाख १८ हजार बराबरको चोरीको सामान बरामद गरेको छ ।

आरोपीले चोरी गरेको सुनका गहना, आइप्याड, ल्यापटप, मोबाइल र घडी सहित ६ लाख १८ हजारको सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ९ : ०४ बजे