१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीहरुको विरोध प्रदर्शन



२ जेठ । कबाडी व्यवसायीहरू काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड व्यवसाय हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले आइतबार काठमाडौंको माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उच्च अदालतले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाडी व्यवसायीको टहरामा डोजर चलाएको विरोधमा प्रदर्शनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा भएको प्रदर्शनमा कवाडी व्यवसायीहरूको शान्ति, सुरक्षा, समृद्धि र सम्मानको माग गरिएको छ ।

उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ९ : ३२ बजे