१३ असार २०८१, बुधबार | Wed Jun 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध मुद्दा दायर



२ असार । चलचित्र निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। यस मुद्दामा थापासँगै ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि अभियुक्त कायम भएका छन्।
प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरीले थापालाई जेठ २१ गते पक्राउ गरी २३ गते हाजिर जमानीमा छाडेको थियो।

तीनै जनाविरुद्ध प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। उक्त चलचित्र निर्माण गर्दा थापा निर्देशक थिए।

निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर सम्झौताविपरीत निर्मातालाई कुनै जानकारी नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख रूपैयाँ बराबरको हानी पुर्‍याएको उनले आरोप लगाएका थिए।

निर्माताको जानकारी र अनुमतिबिनै ओएसआरले २०७९ फागुन १९ गते चलचित्र प्रदर्शन गरेको, अमेरिका, अस्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा समेत आफूखुसी बिक्री वितरण गरेर आपराधिक विश्वासघात गरेको आरोप पनि बस्नेतको थियो।

विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ। अभियोगपत्रमा १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिका साथै ७ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  २ : ३७ बजे