११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा स्विमिङ पुलमा डुबेर ५२ वर्षका पुरुषको मृत्यु



३ जेठ । काभ्रेको पाँचखालमा स्विमिङ पुलमा डुबेर एकजना पुरुषको मृत्यु भएको छ। आइतबार पाँचखाल नगरपालिका ७ शिखरपुरमा रहेको ह्वाइट बार रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा सोही ठाउँका ५२ वर्षीय उद्धब सापकोटाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पौडी खेल्ने क्रममा डुबेर गम्भीर बिरामी परेका सापकोटालाई उपचारको लागि आफन्तले धुलिखेल अस्पताल पुर्याएका थिए।

अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।