२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हज यात्रीको मृत्यु



एजेन्सी । साउदी अरबमा हजका क्रममा अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको मृत्यु भएको छ । जोर्डनको विदेश मन्त्रालयले आफ्ना १४ जना नागरिकको अत्यधिक गर्मीका कारण मृत्यु भएको पुष्टि गरेकाे छ । हजका क्रममा १७ जना बेपत्ता भएको र उनीहरूकाे खाेजी जारी रहेकाे अधिकारीहरूले बताएका छन् ।

एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थ यात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ । तर उनीहरूको मृत्युकाे स्पष्ट कारण खुलाइएकाे छैन ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोह मध्ये एक हो । साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिएका छन् । साउदीमा अहिलेकाे तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ११ : ०५ बजे