९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा वर्षा भए पनि प्रदूषण कायमै



४ जेठ । वर्षाका बाबजुद काठमाडौंमा वायु प्रदूषण बढेको छ । मंगलबार मध्याह्न काठमाडौं उपत्यकाका प्रमुख स्थानहरूमा वायु प्रदूषणको तह १०० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) भन्दा माथि छ ।

वातावरण विभागको सोमबार मध्याह्न १२ः३० बजेको रेकर्डअनुसार भक्तपुरको एक्यूआई १२७, ललितपुस्थित खुमलटारको ११४ र शंखपार्कको १०३ पुगेको छ । यस्तै भैँसेपाटी क्षेत्रमा पनि एक्यूआई ९७ पुगेको छ । सोमबारसम्म भैँसेपाटीबाहेक अन्य क्षेत्रमा एक्यूआई एक सयभन्दा कम थियो ।

विश्व स्वास्थ्य संगठनले ५० यूएस एक्यूआईभन्दा माथिको वायुलाई अस्वस्थकर मानेको छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड लगायतको मात्रालाई बुझाउँछ । उपत्यकामा हाल पूर्वबाट आएको मौसमी प्रणाली र स्थानीय प्रणालीका कारण काठमाडौंमा मंगलबार बिहान वर्षा भएको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, मंगलबार  ७ : ४२ बजे