११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति भेटी चोरी प्रकरणमा चारजना थुनामा



५ असार । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ। अर्का एक जनालाई तीन लाख धरौटीममा छाड्ने आदेश दिएको छ।

भेटी चोरीमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

अर्का प्रतिवादी सत्यनारायण जोशीलाई ३ लाख रुपैंया धरौटीमा छाड्ने आदेश भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्धा दायर गरेको छ।

भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।

प्रकाशित मिति : ६ असार २०८१, बुधबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।