१० माघ २०८१, बिहिबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नीति तथा कार्यक्रमः पोखरीहरूमा कमलको फूल फूलाउने योजना(पूर्णपाठ)



६ असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनले बुधबार पाँचौं नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मेयर महर्जनले लामो समयदेखि अलमलमा रहेको स्वास्थ्य बिमा कार्यक्रम यसै वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा व्यवस्थित रूपमा सुरुवात गरिएको र यसबाट नगरवासीलाई हुने स्वास्थ्य उपचारको आर्थिक भार धेरै हदसम्म न्यूनीकरण हुने बताए ।

यसैगरी २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी : घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको र यसबाट हाल गुनासोको मात्रा धेरै हदसम्म घट्नुका साथै यसरी गरिएको परिचालनबाट राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।

ललितपुर कुसुन्तीमा अपाङ्गतामैत्री हुने गरी लिफ्ट सहितको आकासे पुल निर्माण कार्य सुरु गरिएको र सम्भवतः नेपालमा नै यो स्तरको आकासे पुल पहिलो भएको मेयर महर्जनको भनाइ छ ।

उनका अनुसार सप्तपाताल पोखरी र पलेस्वा पोखरीमा कमलको फूल फूलाउने योजनासाथ निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

कार्यक्रमको पूर्णपाठ

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ४ : २९ बजे