१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन



७ असार । चलचित्र ‘दान्भी’ र ‘आचार्य’ शुक्रबारबाट प्रदर्शनमा आएका छन् । एउटा लभस्टोरीसहित एक्सनप्रधान हो भने अर्को बायोपिक । रूपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ मा अभिनेत्री पूजा शर्माको मुख्य भूमिकामा छिन्।

उनीसँगै फिल्ममा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको अभिनय छ। अभिनेत्री पूजाले पहिलोपटक एक्सन भूमिमा निभाएकी छन्।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको ‘आचार्य’ भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म हो। फिल्ममा भक्तराजका जेठा छोरा गायक सत्यराज आचार्य मुख्य भूमिकामा छन्। उनले फिल्ममा पिताको भूमिका निभाएका छन्। त्यस्तै कलाकार अरूणा कार्की भक्तराजको पत्निको भूमिकामा छिन्।

फिल्ममा अन्य कलाकार सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीलगायतको अभिनय छ। रोशन राई निर्माता रहेको यो फिल्म १३ वर्षपछि पुनः प्रदर्शन गरिएको हो।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।