७ असार । समस्याग्रस्त सहकारीको सूचीमा गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी पनि थपिएको छ।
ललितपुरको ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको असार ६ गतेको निर्णयबाट समस्याग्रस्त सहकारी घोषणा गरिएको हो। योसँगै समस्याग्रस्त सहकारीको संख्या २१ पुगेको छ।
सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने गोरखा सेभिङले सहकारी ऐन, नियम, मूल्य, मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको पाइएकोले कारबाहीस्वरुप समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। यसका लागि सहकार विभागले पनि यो सहकारीलाई कारबाही गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो।
प्रतिक्रिया