१५ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वरमा टिपरको ठक्करबाट स्कुटरमा सवार ललितपुरकी एक महिलाको मृत्यु



७ असार ।कोटश्वरमा शुक्रबार दिउँसो भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
बा ३ ख ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार ललितपुर सानागाउँ निवासी ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठको मृत्यु भएको हो ।  घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  १ : ३१ बजे