७ असार । ठमेलमा स्पा तथा मसाजको आवरणमा वेश्यावृत्ति धन्दामा संलग्न दुई जना पक्राउ परेका छन् । किशोरीहरु राखेर बेश्यावृत्ति धन्दा चलाएको आरोपमा ए वान स्पा सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
गोरखाका रेशम गुरुङ र मकवानपुरका मखमली माया स्याङतानलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । त्यहाँबाट दुई नाबालिकाको उद्धार गरिएको ब्यूरोका एसपी गौतम मिश्रले बताए ।
ग्रामिण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ब्यूटीपार्लरमा जागिर लगाइदिने भन्दै काठमाडौं ल्याएर मसाजमा काम लगाई ग्राहकसँग जबरजस्ती सम्बन्ध राख्न लगाउने गरेको र कतिपयलाई गेष्ट हाउसमा समेत पठाउने गरेका थिए । किशोरीहरुलाई मासिक १० हजार दिएर यस्तो धन्दामा लगाउँदै आएका थिए ।
८ असार २०८१, शुक्रबार
34
Shares
प्रतिक्रिया