६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता अनुपम खेरको कार्यालयबाट पैतालिस लाख भारु बराबर सरसामान चोरी



काठमाडौँ
७ असार । बलिउड अभिनेता अनुपम खेरको मुम्बईस्थित वीरा देसाईको कार्यालयमा चोरी भएको छ ।

कार्यालयको लेखा विभागको सेफ बाकस लिएर चोरहरु फरार भएको अभिनेता खेरले जानकारी दिएका छन् । यति मात्र होइन, चोरहरूले चलचित्रको नेगेटिभ बक्स पनि साथमा लगेको उनले बताएका छन् । सीसीटीभी फुटेजमा चोरहरू अटोमा बसेको देखिएको र मुम्बई प्रहरीमा उजुरी दिएको बताए ।

अनुपम खेरले बताएका छन्– ’हिजो राति मेरो वीर देसाई रोडको अफिसमा दुईजना चोरले मेरो अफिसको दुई वटा ढोका तोडेर लेखा विभागको पूरै सेफ (जुन सायद तोड्न सकेनन्) र हाम्रो कम्पनीले निर्माण गरेको चलचित्रको नेगेटिभ सामान चोरेर लगेका थिए । हाम्रो कार्यालयले एफआईआर दर्ता गरेको छ । सीसीटीभी क्यामेरामा दुवैजना सामान बोकेर अटोमा बसेको देखिएकाले छिट्टै चोरहरु समातिने प्रहरीले आश्वासन दिएको छ । भगवानले उनिहरुलाई सद्बुद्धि दिउन ।

चोरहरूले ताला तोडेर नगद सहित करिब पैतालिस लाख  भारु बराबरको सामान चोरेको प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।