१५ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल टेलिकमको नेटवर्कमा समस्या



१० असार । नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको थियो ।

सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरु चलेका थिएनन् । नेपाल टेलिकमका अनुसार कल कन्ट्रोल सस्टमको हार्डवेयरमा समस्या आएकाले साढे ४ बजेपछि करिब १५ मिनेट सेवा प्रभावित भएको हो । अहिले भने समस्या समाधान भएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  १ : २८ बजे