१५ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


७ वर्ष जेल बसेर निस्केका ललितपुरका मनोज महर्जन पुन : पक्राउ



११ असार । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगेको कसुरमा ७ वर्ष जेल बसेर निस्केका पुरुष पुनः बेचबिखन मुद्दामा पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–८ घर भएका ४२ वर्षीय मनोज महर्जनलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले बताए ।

महर्जनले दुबईमा पठाएर बन्धक बनाउँदै यौन शोषण गरेको सुराक पाएपछि प्रहरीले २८ वर्षीया युवतीको उद्धार गरेको छ । सम्बन्धित निकायसँग समन्वय गरेर २०८० चैत २९ मा पीडितलाई दुबईबाट उद्धार गरेर काठमाडौँ ल्याएको एसपी मिश्रले जानकारी दिए ।

पीडित युवतीलाई आरोपीले दुबईमा टिस्यु पेपेर प्याक गर्ने कम्पनीमा जागिर मिलाइदिने आश्वासन दिएर काठमाडौँबाट पठाएका हुन् । भिजीट भिसामा त्यहाँ लगेर यौन शोषण गरेको पीडितको आरोप छ । असार ७ मा आरोपीलाई गौशालाबाट पक्राउ गरेर मानव बेचबिखन मुद्दामा अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  ४ : ३४ बजे