१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञीले आफूलाई बदनाम गरेको भन्दै जसिता असन्तुष्ट



ललितखबर
११ असार । अभिनेत्री जसिता गुरूङले अभिनेत्रीद्वय स्वस्तिमा कार्की र सम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई बदनाम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।
कान्तिपुर टेलिभिजनको इट्स माई शो कार्यक्रमकी प्रस्तोता ओसिन सिटौलाले अभिनेत्रीहरु स्वस्तिमा कार्की र सम्राज्ञी राज्यलक्ष्मी शाहलाई पहिले धिरज मगरसँग डेट गरेकी र अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ? भन्दै नितान्त व्यक्तिगत र अपुष्ट विषयमा प्रश्न सोधेकी थिइन् ।
अभिनेत्री स्वस्तिमाले निसंकोच जसिताको नाम लिएकी थिइन् भने समाज्ञीले समेत स्वर मिलाएर जवाफ दिएपछि अभिनेत्री जसिता रुष्ट बनेकी हुन् ।
अभिनेत्री जसिताले राष्ट्रिय टेलिभिजनमा गएर आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेको, व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गरेर अरुको जिन्दगीमा असर पारेको र अन्तर्वार्ता हेरिसकेपछि आफू साच्चिकै तिनै जनासँग दुःखी भएको सामाजिक सञ्जालमा लेखेर असन्तुष्टि जनाएकी छिन् ।

जसिताले अंग्रेजीमा लेखेको स्टाटसको अनुवाद :

मैले यस विषयमा बोल्नैपर्ने भयो । म यो कहिले बुझ्दिन कि किन मान्छेहरू राष्ट्रिय टेलिभिजनमा गएर कसैको व्यक्तिगत जीवनको बारेमा कुरा गर्छन् जब कि उनीहरूले त्यो व्यक्तिलाई राम्ररी चिनेका पनि छैनन् । यो अन्तर्वार्ता हेरिसकेपछि म साच्चिकै तिनै जनासँग दुःखी छु। के हामी साँच्चै एउटा महिलाले अर्को महिलालाई गिराउने दौडमा छौं रु व्यक्तिगत रुपमा मेरो तीमध्ये कसैसँग कुनै इस्यू छैन। सुरुदेखि नै, मैले उहाँहरूलाई राम्रो अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गरेको छु। के तपाइँहरुलाई थाहा छ कि तपाईहरु के बोल्दै हुनुहुन्छ र तपाईहरुको त्यो बोलीले कति जनाको जिन्दगीमा असर पर्छ ?

के तपाईंलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु ? के तपाईहरुलाई लाग्दैन कि तपाइँहरुले दिनुभएको अन्तर्वार्ता र समाचारहरु मेरो परिवारहरुले पनि हेर्नुहुन्छ भनेर? समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ तपाईहरु ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम र चर्चा गर्ने कारण के हो? ओसिन सिटौला, स्वस्तिमा खड्का, कान्तिपुर टिभी, र पक्कै पनि साम्राज्ञी (त्यसपछि उनले मलाई ब्लक गरिन्)।

 

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  ७ : २२ बजे