१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रहरी हवल्दार बोहराको नेतृत्वमा भक्तपुरबाट दुई करोड लुटपाट



११ असार । प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ४ जनाले भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरबाट २ करोड रुपैयाँ लुटेका छन् । राउतको घरबाट २ करोड लुटपाट गर्ने हवल्दार बोहरासहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ । हवल्दार बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत छन् । पक्राउ पर्ने अन्यमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूले असार ४ गते रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएर खोजतलास गर्दा अभियुक्तहरु आफूहरू सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेर घरका सदस्यहरुलाई डरत्रास देखाउँदै उनीहरुले दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको भेटिएको हो ।

प्रहरीले पक्राउ परेकाहरूलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । राउत युरोपेली मुलक क्रोएसियामा नेपाली कामदार पठाउन एजेन्टका रुपमा काम गर्छन् । पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  २ : ५७ बजे