६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘इट्स माई शो’ विवादः सुरजसिंहले चित्त दुखाउँदै भने, ’२३ वर्षको मेरो ब्राण्ड ध्वस्त भो’



१२ असार । अभिनेत्री जसिता गुरुङको निजात्मक विषय गसिप बनाउँदा विवादमा आएको कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ कार्यक्रमका संस्थापक टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको भन्दै चित्त दुखाएका छन्।उनले सामाजिक सञ्जालबाट सो कार्यक्रमको प्रस्तोतासँगै कान्तिपुर टेलिभिजनमा समेत आवद्द नरहेको भन्दै २३ वर्षको मिहिनेतले बनेको ब्रान्ड ध्वस्त भएकोप्रति चित्त दुखाए।

अहिले सो कार्यक्रम ओसिन सिटौलाले चलाउँछिन्। सिटौलाले कार्यक्रमको पहिलो एपिसोडमै अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी आरएल शाहलाई बोलाएर ’एक अभिनेत्री जो हिजो धिरज मगरसँग डेट गर्थिन् आज अनमोल केसीसँग डेटमा छिन्’ भन्ने प्रश्न गर्दा स्वस्तिमा र साम्राज्ञीले जसिताको नाम लिएका थिए।

जसिताले दुबै नायिकाले आफ्नो निजी विषय टेलिभिजन कार्यक्रममा भनेर निजी जीवनमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएपछि सामाजिक सञ्जालमा कार्यक्रमको तीब्र विरोध भइराखेको छ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।