१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दुई मोटरसाइकल दुर्घटनापछि दुई जनाको मृत्यु



१२ असार । राजधानी काठमाडौंको नरदेवी र कागेश्वरी मनोहरामा भएको दुई मोटरसाइकल दुर्घटनापछि दुई जनाको मृत्यु छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सडकमा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किदा ट्याक्सी चालक मकवानपुर टिष्टुङ गाउँपालिका–८ घर भएका ४६ वर्षीय वीर बहादुर स्याङतानको मृत्यु भएको छ ।
बा.२ ज ३६३१ नम्बरको ट्याक्सीले प्रदेश नं.३–०२–००९ प ९२६१ नम्बरको मोटरसाइकलसँग ठक्करपछि बुधबार दुर्घटना भएको थियो ।
बुधबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते ट्याक्सी चालक स्याङतानकोे वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थली सोल्टि मोडस्थित अर्को मोटरसाइकल दुर्घटनामा पैदययात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सो सडकमा बा.प्र०२–०२८ प ७८५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ थली बस्ने ४५ वर्षीय सन्त बहादुर स्याङतानको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  ३ : ०१ बजे