१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दुवई उड्न लागेको जहाजबाट फर्काइए गायक राजेशपायल



१३ असार । दुवईमा एक सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ ।

फ्लाई दुवई एयरलाइन्सबाट आज बिहान दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो ।

बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थलले बताएको छ । उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गर्न थालेपछि प्रहरीको जिम्मा लगाइएको छ ।

जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  ६ : ५९ बजे