१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


त्रिपुरेश्वरको एक घरको पूजा कोठामा महिला जलेर मृत अवस्थामा फेला



काठमाडौं
१३ असार । काठमाडौंको त्रिपुरेश्वरको एक घरमा अनौठो घटना घटेको छ ।
काठमाडौं महानरपालिका–११ त्रिपुरेश्वर नजिकै टुकुचा खोला छेउमा रहेको एक घरको बस्ने ८६ वर्षीया सुभद्रा श्रेष्ठ बिहीबार पुजा कोठामा जलेर मृत अवस्थामा फेला परेकी छिन् ।
आफ्नै घरको पुजाकोठामा जलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको थियो ।
सो घटना के कसरी घट्न गयो भन्ने सम्बन्धमा प्रहरीले बिस्तृत जानकारी दिएको छैन ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  २ : २६ बजे