१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भिख माग्ने बाहानामा आएका भारतीय महिलाद्वारा सुनका गहना लुटपाट पछि पक्राउ



काठमाडौं
१४ असार । राजधानी काठमाडौंमा भिख माग्ने बाहानामा आएका दुई भारतीय महिलाले सुनका गहना लटुपाटगरे दुवै पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना ले भिख माग्ने बाहानामा एक घरमा पुगेर महिलाको गरगहना लुटपाट गरेका हुन् ।
उनीहरु काठमाडौं महानगरपालिका ३० सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका–१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेका हुन् ।
उनीहरु दुबै घटनापछि बिहीबार बिहान प्रहरीले पक्राउ गरेको बताएको छ ।
पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएका थिए । लुटपाटको खबरपछि तत्काल उक्त स्थानमा खटिएका थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ८ : ११ बजे