१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जेरी अन टप’मा आफूलाई हटाएर अभिनेत्री जसिता राखेपछि आनाको चित्त दुखाइ



 

१४ असार । चलचित्र ‘जेरी अन टप’बाट अभिनेत्री आना शर्मालाई हटाएर जसिता गुरुङलाई लिएपछि उनले चित्त दुखाएकी छिन् ।
सामाजिक सञ्जालमार्फत आफू विरामी भएर दोश्रो फोटो सुटमा सहभागी हुन नसकेपछि जानकारी नदिई निकालेको भन्दै अभिव्यक्ती दिएकी हुन् ।

फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि नै आफूले आफ्नो बिसन्चोबारे टोलीलाई जानकारी दिइसकेकी आनालाई त्यही दिन उनीहरूले आफ्नो ठाउँमा जसितालाई अनुबन्ध गरिसकेको जानकारी पाएको उल्येख गरेकी छिन् ।
उनका अनुसार यसबारे उनलाई पहिले कुनै सूचना र जानकारी दिइएको थिएन । फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएका थिएं । अभिनेत्री आनालाई निर्माण पक्षले बदनाम गरिरहेकोले आफूलाई ठूलो चोट दिएको अभिनेत्री आनाले बनाएकी छिन् ।
उनले व्यावासायिक उत्तरदायित्व बोकेर महिनौंदेखिका धेरै वर्कसपमा कसरी सहभागी भएकी थिइन् उनले पटक पटा ‘सम्झौतामा हस्ताक्षर गरौं न’ भनिरहँदा निर्माण पक्षले आलटाल गरिरहेको र सम्झौता नगरिकनै फोटोसुट र लुक टेस्ट गरेको उनको भनाई छ ।
उनले चलचित्रलाई लिएर अत्यन्त उत्साहित थिइन् ।
लुक टेस्ट र फोटोसुट हुँदैमा आफू नै चलचित्रमा हुनु पर्छ भन्ने नभएको, कलाकार फेरबदल संसारभरि चलिरहने उनको भनाई छ ।

अभिनेत्री आनालेआफ्नोे मानमर्दन गरिएको, प्रतिष्ठामा हिलो छ्यापिएको भन्दै चित्त दुखाएकी छिन् । चलचित्र टोलीले महिनौंसम्म आफ्नो नाम लिएर चलचित्रबारे प्रचार गरेको तर, आफूलाई हटाइँदा एक शब्द जानकारी दिइएको उल्येख गर्दै यो कहाँको व्यावसायिक धर्म हो ? भन्दै अभिनेत्री आनाले प्रश्न गरेकी छिन् ।

 

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  १० : ४६ बजे