१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


स्ट्रबेरीको माग बढेपछि १० हजार विरुवा रोप्दै किसान कमल भुजेल



टक्सार (भोजपुर)
 १४ असार । भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेलले स्ट्रबेरीको माग बढेपछि १० हजार विरुवा रोप्ने योजना बनाएका छन् ।
उनले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गरेका छन्् । नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उनले बताएका छन् ।
राम्रो उत्पादन र आम्दानी हुने गरेको जानकारी पाएपछि  यस खेतीमा आकर्षित भएका भुजेलले हाल दैनिकजसो १० देखि २५ किलोग्राम (केजी) सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको बताए । आफ्नो उत्पादनले माग धान्न नसकेपछि उनले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेको जानकारी दिए । “ग्राहकको माग बढ्न थालेको छ । स्थानीयस्तरमै कुनै विषादी प्रयोग नगरी उत्पादन भएकाले पनि ग्राहकको माग बढ्न थालेको हो”, भुजेलले भन,“यसले निकै उत्साहित भएको छु । त्यसैले खेती विस्तार गर्ने योजना बनाइरहेको छु ।”
उनको उत्पादन र माग देखेर जिल्लाका अन्य किसान पनि कृषिखेती गर्ने योजनामा छन् । सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलियतमा यन्त्र खरिद गर्न सहयोग गरेमा यहाँका धेरै किसान यसतर्फ आकर्षित हुने भुजेलले बताए । “मेरो उत्पादन देखेर अन्य किसानले पनि दिनहुँ यसको खेती गर्नेबारे राय सुझाव लिइरहनुभएको छ । मैले पनि लगनका साथ लाग्ने हो भनेर राम्रो आम्दानी हुन्छ गर्नुस् भनेर यहाँ आउनेहरुलाई सल्लाह दिने गरेको छु”, उनले भने ।
भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन् ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ११ : ०४ बजे