१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिधाकुरा डटकमका संचालक कँडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर



१४ असार । सिधाकुरा डटकमका संचालक युवराज कँडेलसहित ३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।
वकिल कार्यालयले सिधा कुराले प्रसारण गरेको ‘द डार्क फाइल’मा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर घर भएका राज कुमार तिमल्सीना र सिधाकुरा डटकमका कार्यकारी सम्पादक नविन ढुंगानालाई विपक्षी बनाएको छ ।

कार्यक्रममा प्रसारण गरेको अडियो परिक्षण गर्दा ‘झुटो’ पुष्टि भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । राजकुमार तिमल्सीनाले अप्रमाणित अडियो क्लिप बनाएको र सो क्लिपलाई सिधा कुराले सत्यता जाँच गरेर युट्युब च्यानल मार्फत सार्वजनिक गरेको अनुसन्धान निष्कर्ष छ ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  १ : १४ बजे