१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


एक लाख ५० हजारभन्दा धेरै क्यासेट बिकेको गीतको भिडियो युट्युवमा



काठमाडौँ
१५ असार । एक लाख ५० हजारभन्दा धेरै क्यासेट बिकेको गीतको भिडियो एक्काइस वर्षपछि पुर्ननिर्माण गरेर युट्युवमा सार्वजनिक गरिएको छ । ने रिद्म रेकर्डको युटेयुव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो ।
गायक हिमाल सगरले ‘न मैले लेखेँ, न उनले लेखिन्’ गीतलाई एक्काइस वर्षपछि नयाँ स्वरूपमा ल्याएका छन् । आज यहाँ जमलस्थित विश्वज्योति सिनेप्लेक्समा पत्रकार सम्मेलनमा उनले गीतको श्रव्यदृश्य सार्वजनिक गरेका हुन् ।
गायक सागरले गीतको अडियोसँगै श्रव्यदृश्यलाई आधुनिक शैलीमा तयार गरिएको बताए । “नयाँ स्वरूपमा पनि उही मिठास कायम गरेका छौँ । प्राविधिक रुपमा श्रव्यदृश्यलाई बलियो बनाइएको छ । एक्काइस वर्ष अगाडि चाहेर पनि गर्न नसकेका काम यसपटक म सहित मेरो समूहले गरेका छौँ” उनले भने ।

एक्काइस वर्षअगाडि उक्त गीतको एक लाख ५० हजारभन्दा बढी क्यासेट नै बिक्री भएको स्मरण गर्दै गायक सागरले सोही गीतमार्फत गायनमा स्थापित भएर आफूले नेपालबाहेक ६५ राष्ट्रमा साङ्गीतिक भ्रमण गरिसकेको बताए । धेरै दर्शक तथा स्रोताले सोही गीत रुचाएको उनको भनाइ छ । सागरले भने,“मलाई चिनाउने र स्थापित गराउने गीतलाई धेरै वर्ष पनि मैले चाहेजस्तो बनाएको छु । यो पुस्ताबाट पनि गीतलाई उत्तिकै माया प्राप्त हुनेछ भन्नेमा आशावादी छु ।”

सार्वजनिक गीतमा मानस केसीको शब्द रहेको छ भने योगेशकाजी शाहले एरेन्ज गरेका छन् । श्रव्यदृश्यमा गायक सागरसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् ।

अभिनेत्री अधिकारीले यो गीत सुन्ने बित्तिकै अभिनय गर्ने निर्णय लिएको बताइन् । उनले भनिन्, “यो गीत मैले स्कूले जीवनमै सुनेकी थिएँ । रेडियोमा यो गीतको फर्माइस पनि गरेकी छु । स्कुल र कलेजमा गुनगुनाएको गीतमा अभिनय गर्न पाउँदा निकै हर्षित छु ।”

गीतको श्रव्यदृश्यलाई निकेश खड्काले निर्देशन गरेका छन् । उनले लोकप्रिय गीतलाई नयाँ स्वरूपमा तयार गर्दा श्रव्यदृश्यमा बढी मेहनत गरिएको बताए । “गीत लोकप्रिय भइसकेकाले श्रव्यदृश्यमा यसलाई सरल र सुन्दर बनाउने प्रयास गरेको छु । गीतको शब्दमा भनिएको भावनालाई दृश्यमा उतारेको छु । गीतमा देखाइको कथासँग अहिलेको पुस्ता जोडिनुहुन्छ भन्नेमा आशावादी छु”, निर्देशक खड्काले भने ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  २ : ५७ बजे