२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


वागमती गाँउपालिकाको पर्यटकीय विकासको योजना कार्यान्वन भएनन्



ललितखबर
१६ असार । दक्षिण ललितपुरको वागमती गाँउपालिकाले पर्यटन विकाशको सन्दर्भमा अघिल्लो बर्षको हुबहु योजना अघि सारेपछि योजनाहरु कार्यान्वन नै नभएको खुलेको छ ।
गाँउपालिकाले आर्थिक बर्ष २०८१ ८२मा अघि सारेको खानी खोलामा स्वीमिङ पुल निर्माण, मगर गाउँ होमस्टे र माझखण्ड होमस्टे सञ्चालन, गिम्दी चमेरेगुफा, माझखण्ड बुद्ध विहार तथा रुद्रेश्वर महादेव आदि क्षेत्र पर्यटकीय क्षेत्रहरुको खोज तथा पहिचान कार्यक्रम र सातकन्य÷तीनपानेराडार क्षेत्र पर्यटन विकासको लागि गुरु योजना अनुरुप थप निर्माणका कामहरु सम्पन्न गर्ने योजना यो बर्ष पनि दोहो¥याएर नीति तथा कार्यक्रममा राखेको पाइएको छ ।
दक्षिण ललितपुरको वागमती गाँउपालिकाको माझखण्ड, तीनपाने मैरे र गिम्दी चमेरे गुफा आर्कषक पर्यटकीय स्थल भए पनि स्थानीय सरकारले यी क्षेत्रहरुको प्रबद्र्धन गरेको छैन । पर्यटकलाई लामो समयसम्म रम्नका लागि हाइकिङ रुट निर्माण, कला संस्कृति झल्कने परम्परागत होम स्टे सञ्चालन, पर्यटकीय क्षेत्रमा मोटर गुड्ने सडकको साइकल लेन गर्नु पर्नेमा त्यसो गरिएको पाइदैन ।

 

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  २ : ४८ बजे