१६ असार । सहकारी ठगी प्रकरणमा प्रहरीले ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ गरेको छ।
सहकारीका अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पक्राउ गरी हिरासतमा राखिएको छ।
उनीहरुलाई अनुसन्धानका लागि अदालतमा लगेर थुना म्यादको अनुमती माग्ने तयारी भइरहेको छ।
प्रतिक्रिया