१९ असार २०८१, मंगलबार | Wed Jul 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र ‘कल्की २८९८ एडी’ले दुई दिनमै विश्वभर कमायो २९८.५ करोड भारु



काठमाडौँ
१६ असार । बलिउड अभिनेता प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर चलचित्र ‘कल्की २८९८ एडी’ ले पहिलो दुई दिनमै विश्वभर २९८.५ करोड भारु कमाएको छ ।

कल्कीको चलचित्रमा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।

कल्कीको चलचित्रमा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।

चलचित्र विश्लेषक तरण आदर्श भन्छन्, ‘हामीले ५ सय करोड कमाउने चलचित्र पाएका छैनौं, तर २०२४ अघिल्लो वर्षभन्दा राम्रो छ । धारा ३७०, शैतान, लापता लेडीज, मुन्ज्या जस्ता विभिन्न विधाका चलचित्रबाट ‘स्लीपर’ हिट हुने नयाँ चलन सुरु भएको छ ।

योसँगै चलचित्र ‘पठान’, ‘आदिपुरुष’ र ‘केजीएफ २’ जस्ता चलचित्रलाई पछि पार्दै ओपनिङ्कै दिन विश्वभर सबैभन्दा धेरै कमाउने तेस्रो चलचित्र बनेको छ । यसबाहेक ‘आरआरआर’ र ‘बाहुबली २’ मात्र दुई चलचित्र छन् ।

’कल्कि २८९८ एडी’ प्रभासको पहिलो दिनमा सबैभन्दा धेरै कमाउने भारतीय चलचित्रहरूको सूचीमा चौथो चलचित्र हो । प्रभासका चलचित्र ‘बाहुबली २’, ‘साहो’ र ‘आदिपुरुष’ यस लिस्टमा पहिले नै छन् ।

रिलिजको पहिलो दिन आरआरआरले १३३ करोड कमाएको थियो भने बाहुबली– २ ले १२१ करोड कमाएको थियो । त्यस्तै केजीएफ– २ ले ११६ करोड कमाएको थियो भने कल्कि २८९८ एडीले ९५ करोड कमाएको छ । त्यस्तै सालार भाग १ ले ९०.७ करोड कमाएको थियो ।

कल्कि २८९८ एडीको ओपनिङ दिनमा यस चलचित्रको समग्र तेलुगु ओक्युपेन्सी ८५.१५ % थियो । नन–हलिडे, मिड वीक र भारत विश्वकपको सेमिफाइनल खेलको दिन प्रर्दशन भए पनि कल्कीले यति ठूलो रकम कमाएको छ ।

त्यस्तै कल्कि २८९८ एडीले हिन्दी भाषामा भने तीन दिनमा ७५ करोड कमाएको छ । पहिलो दिन २२ करोड ५० लाख कमाएको यस चलचित्रले दोस्रो दिन २३.२५ र तेस्रो दिन शनिबार ३० करोड कमाई गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ३ : ०८ बजे