१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल आइडल करणलाई एमाले अध्यक्ष ओलीले दिए सारंगी उपहार



ललितखबर
१६ असार । नेपाल आइडल सिजन ५ का विजेता करण विश्वकर्मालाई एमाले अध्यक्ष पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सारंगी उपहार दिएका छन् ।
पर्टी मुख्यालय च्यासलमा आज आयोजित कार्यक्रममा कार्यक्रममा विजेता करण परियारसहित उपविजेताहरू फस्ट रनरअप सलोमी गुरूङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र थर्ड रनरअप मोहित भुजेललाई सम्मान गरिएको थियो ।
सारंगी उपहार दिएपछि अध्यक्ष ओलीले करण बहुप्रतिभाशाली भएको भन्दै प्रशंसा गरे ।
सम्मान लिएपछि विजेता करणले पार्टीले कार्यालयमा बोलाएरै सम्मान गरेको भन्दै धन्यवाद दिए ।

हेर्नुस भिडियो :

सारंगी पाएपछि आफूले सारंगी सिक्न जरुरी रहेको भन्दै उनले छिट्टै सारंगीको धुनसँगै गीत गाउने बताए ।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर करणलाई गितार उपहार दिएका थिए ।
राजधानीमा कार्पेटडेलिभरीको काम गर्ने युवक करणले नेपाल आइडलमा सहभागी भएपछि एकपछि अर्को नेपाली दर्शक र श्रोतामा मन जित्दै उपदाी नै कब्जा गरेका हुन्

 

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ७ : ०७ बजे