२१ असार २०८१, बिहिबार | Thu Jul 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दश बर्षदेखि ‘हैट’ मात्रै भनिरहेका छन् बुद्धि, रविन्द्र क्यारेक्टरको लोभी



ललितखबर
१७ असार । राजधानीमा आइतबार चलचित्र इश्वर प्रर्दशनबारे जानकारी दिन आयोजित युट्युव सम्मेलनमा कलाकार बुद्धि तामाङ र विन्द्र झा आफ्नो अभिनयको कमजोरीको बारेमा राम्रैसँग खुलेर कुरा गरे । सधै हैट मात्रै भनेर चलचित्रमा जागिर खाइरहेका बुद्धि तामाङलाई नयाँ चरित्रमा अभिनय गर्न बुद्धि आए पनि निर्देशकको निर्देशन बेगर आफूले केही गर्न नसक्ने बाध्यता देखाएर पन्छिए । यद्यपी नयाँ चरित्र गर्न निर्देशकले ओके भने औधि खुशी लाग्ने उनी बताउछन् ।
अझैं पनि फरक फरक चरित्रमा काम गर्न आफुलाई रहर लाग्ने तामाङ बताउछन् । नेपाली चलचित्र क्षेत्रमा नयाँ चरित्रलाई विश्वास गर्ने वातावरण कम भएको बताउछन् । कथालाई बुस्ट गर्ने चरित्रलाई मात्रै विश्वास गर्ने चलन रहेको उनको भनाई छ ।
अर्का कलाकार रविन्द्र झा भने सधैं मधेशी लवजमा बोल्ने चरित्रलाई असाध्यै मायाँ गर्छन् । उनी नयाँ नयाँ चरित्रको लोभ पनि लाग्ने बताए ।
कलाकार झा अभिनयमा नौ रस बुझ्ने अरु कुरा चरित्र अभिनयको क्रममा अगाडि आए अभिनय गर्ने बताए । उनले भने, ‘त्यस्तो चरित्र आओस्, अनि गर्ने हो । नआए जे आउछ त्यही गर्ने हो ।’

हेर्नुस् भिडियो :

चलचित्रका निर्देशक राजु गिरी कलाकारले नै आफ्नो क्षमता र चरित्र निर्माण गर्नु पर्ने बताउछन् । उनी भन्छन्, ‘राम्रो अभिनय गर्ने कलाकारले नै हो । तर निर्देशकको हातमा धेरै कुरा हुन्छन् ।’
यद्यपी रविन्द्र झा र बुद्धि तामाङले सबै नेपाली चलचित्रमा एउटै चरित्रमा अभिनय गरेको भन्दै आलोचना हुने गरेको छ ।
फरक फरक चरित्र र अभिनय क्षमता देखाउन नसकेपछि चलचित्रका कतिपय कलाकारको अभिनय क्षमतामा प्रश्न मात्रै उठेको छैन । चलचित्रमा पात्रको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ । हरेक चलचित्रमा एउटै चरित्रमा थेगो प्रयोग गर्न लगाएर निर्देशकहरुले चलचित्र बनाइरहेको सन्दर्भमा निर्देशकहरुको क्षमतालाई लिएर समेत सिनेनगरिमा चर्चा चरिचर्चा हुने गर्दछ ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ७ : १६ बजे