२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘ह्यान्डसम छु बिहे गर्‍या छैन तर, आइ लभ यु चैं नभन्नु’



१७ असार । सांगीतिक टुरमा रहेका गायक राजेशपायल राईले दुबईमा धमाकेदार प्रस्तुति दिएका छन् । दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा आफ्ना करिब ३० वटा गीतहरू सुनाएर धमाकेदार प्रस्तुति दिदैँ आफूसँगै दर्शकलाई पनि झुमाएका थिए । उनका अन्य कन्सर्टजस्तै दुबईको कन्सर्ट पनि ‘लाइभली’ थियो ।

‘मैले मायाले दिएको चिनो‘’ बोलको गीत गाउँदै राजेश पायलले स्टेजमा इन्ट्री गरेका थिए । राजेशले अन्तिममा आफ्नो सर्वाधिक लोकप्रिय गीत ‘सागर सरी चोखो माया गाएका थिए । उनले यो गीतसँगै आफ्नो प्रस्तुति छोटो सम्वोधन म तपाईँहरूकै हुँ । म जहाँ जान्छु, त्यहाँ नेपाली गीतसंगीत गएको छ । तपाईंहरुबिनाको राजेशपायल राई म कल्पना गर्न सक्दिनँ भन्दै टुंग्याएका थिए ।

तर, दर्शकबाट डिमान्डपछि ‘सागर सरी चोखो माया‘’ गीत गाउन तयार भएका उनले आफूलाई कसैले साथ दिनुपर्ने बताउँदै माइकबाट कोही केटी साथी आउने हो गीत गाउन ? भन्दै आग्रह गरे । त्यसपछि एक युवतीलाई औंल्याउँदै उनले भने, ‘तपाई आउनुस्‘ आउनुस्‘ माइक ल्याइदिनुस् उहाँलाई ।’ ‘यति ह्यान्डसम छु बिहे ग¥या छैन । तर, मलाई आइ लभ यु चैं नभन्नु होला । भर्खर डिभोर्स भएको‘ एक वर्षपछि आइ लभ यु भन्नुहोला ।’

यद्यपि, ती युवती आउन चाहिनन् । राजेश पायलले एक्लै गाए । गाउने क्रममा फेरि दर्शकहरू उनीतिर हात लम्काउन थाले । यही क्रममा राजेश पायलले एक युवतीको च्याप्पै हात समाते र उनलाई स्टेजमा उकाले । बाउन्सर हतारिँदै आएर उनलाई रोक्न खोजेका थिए, तर राजेश पायलले नै नछोडेपछि उनी पछि हटे । त्यसपछि राजेश पायलले गीतलाई निरन्तरता दिँदै युवतीसँग कामूक नृत्य गर्न थाले ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ७ : ३० बजे