२१ असार २०८१, बिहिबार | Thu Jul 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


बलात्कारको आरोप लागेका युवक सुनाकोठीबाट पक्राउ



काठमाडौं
१७ असार । बलात्कारको आरोप लागेका युवक चापागाँउबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कार(जबरजस्ती करणी) मुद्दाका फरार ललितपुर गोदावरी नगरपालिका–६ बस्ने ५० वर्षीय कृष्ण कुमार दाहाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनी काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका–३ गिरीटोलका स्थायी बासिन्दा रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–२६ सुनाकोठीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ७ : ५७ बजे