२१ असार २०८१, बिहिबार | Thu Jul 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री नीता ढुंगाना सधैं गर्छिन् निर्देशक पन्तसँग झगडा



ललितखबर
१८ असार । चलचित्र ह्रर्व दिर्घकी अभिनेत्री तथा निमात्री निता ढुंगानाले निर्देशक चन्द्र पन्तसँगै सधैजसो झगडा पर्ने गरेको खुलासा गरेकी छिन् । ललितपुरमा चलचित्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री निताले ह्रस्र्व दीर्घ चलचित्र राम्रो बनाउनका लागि नै झगडा गरेको तर्क गरिन् । उनले के विषयमा र किन झगडा पर्ने गरेको हो भन्ने विषयमा भने केही खुलाइनन् । आफूहरुबीच अत्यन्त आत्मिय सम्बन्ध समेत रहेको अभिनेत्री ढुगानाले खुलासा गरिन् । उनले कतिपय पटक अभिनेता तथा श्रीमान् हरिहर अधिकारीसँग समेत झगडा पर्ने जानकारी दिइन् ।
चलचित्रका अभिनेता तथा लेखक हरिहर अधिकारी चलचित्र निर्माणको क्रममा धेरै उतारचढाव आएको स्वीकार गर्छन् । उनले चलचित्र निर्माणको क्रममा पटक पटक झगडा भएको कार्यक्रममा बताए ।चलचित्रका निर्देशक चन्द्र पन्तले भने पत्रकार सम्मेलनमा यसबारे केही बोलेनन् ।

नका अनुसार चलचित्र दुई बर्षदेखि छायाँकन भइरहेको छ । पछिल्लो समय चौथो चरणको छायाँकन ललितपुरमा भइरहेको छ ।
चलचित्रमा सवावेस कलाकारहरु समेट्न पाउँदा आफूलाई गर्व लागेको उनको भनाई छ । भारतीय चलचित्रका कलाकार प्रदिप रावत,ब्रम्हानन्दन,सुनिल बर्मा, दक्षिण भारतका कलाकार अलि र नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकार यस चलचित्रमा अभिनय गरिरहेका छन् । चलचित्रमा अभिनेत्री निता ढुंगाना, हररि अधिकारी सरोज खनाल, विपना थापा,प्रशान्त ताम्रकार,रविन्द्र झालगायत चलचित्रमा अभिनय गरेका छन् । भारतीय चलचित्र क्षेत्रका चर्चित डिओपि(सिनेमेट्रोग्राफर)कविरलालले चलचित्रको छायाँकन गरिरहेका छन् ।
चलचित्रका कलाकार रविन्द्र झा भने चलचित्रमा अभिनय गर्दा मज्जा आएको प्रतिकृया दिन्छन् । उनी भन्छन्, मैले धेरै ठाँउमा अभिनय गर्ने मौका पाएको छु । चलचित्रको छाँयाकन स्थलमा रमाइलो भइरहेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ३ : २३ बजे